काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभामा बैकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साविक सहारा विकास बैंकलाई प्राप्ति गरे पश्चात हाल कायम चुक्ता पुँजी रु.३,९४,८१,८३,१०५।०८ (अक्षरेपी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच रुपैयाँ र पैसा आठ मात्र) को १६ प्रतिशतले हुन आउने रकम रु.६३,१७,०९,२९६।८१ (अक्षरेपी त्रिसठ्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे रुपैयां र पैसा एकासी मात्र) बराबरको बोनस शेयर बितरण गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को ब्यवस्था बमोजिम विकास बैंकको चुक्ता पुँजीको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक समूहका शेयरधनीहरुको हुनुपर्नेमा गरिमा विकास बैंकमा साविक सहारा विकास बैंक प्राप्ति भई शेयर अभिलेखन हुँदा संस्थापक शेयरधनीहरुको स्वामित्व ५१ प्रतिशत कायम नहुने भएकोले नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायको स्वीकृति प्राप्त गरी विकास बैंकले प्रस्ताव गरेको बोनश शेयर वितरण पश्चात कायम हुने कूल चुक्ता पुँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी अपुग १०९,८११ कित्ता संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित भएको छ।
बैकको १५औं साधारण सभाका अवसरमा निर्वतमान अध्यक्ष चन्द्रकान्त बराल लगायतलाई बिशेष सम्मान गरिएको छ ।
त्यस्तै गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम न्युरोड शाखा, दोस्रो सभागृहचोक पोखरा शाखा,तेस्रोमा हेम्जा शाखा र चौंथोमा चाबहिल शाखा भएका थिए ।
Latest Updates View All
-
Vacancy Announcement - Various PositionJul 17, 2026
-
Invitation for Sealed Bids :Jul 13, 2026
9.00%
Less Than 2 Cr
Individual Deposit (2 Yrs < 30 Mth)9.00%
Less Than 2 Cr
Individual Deposit (2 Yrs < 30 Mth) More Rates Open Fixed Deposite